मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रचनात्मक काममा जुट्ने समय छ । नियमित काम पनि रमाइलो तरिकाले गर्न पाइएला । महत्वपूर्ण योजनामा समेत सामान्य प्रयासबाटै सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइको सहयोग जुट्नेछ । प्रेमभाव वृद्धि र दाम्पत्य सुख बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन ब्यस्तता बढ्ने देखिन्छ । परिश्रमका बाबजुद उपलब्धि भने कमैमात्र मिल्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने र निर्णय गलत ठाउँमा पर्नसक्ने सम्भावना छ । कसैसँग विवाद पर्नसक्ने योग भएकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनमा दुबिधा रहन सक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि ब्यापारबाट राम्रै लाभ हुनसक्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । सामाजिक काममा रुचि बढ्ला । प्रेमभावका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता बढ्नेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने देखिन्छ । यसबाट मान प्रतिष्ठा पनि वृद्धि गर्ला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुने योग छ । काम बन्नाले मन रमाृउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जानेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनसक्छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सजग रहनुहोला । यात्रा रमाइलो रहनेछ । स्वास्थ्य सबल रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । खर्च वृद्धि हुने योग रहेकोले फजुल खर्चबाट जोगिनका लागि विशेष प्रयत्न गर्नु हितकर रहला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक पक्ष सबल रहने र चुनौतीहरू सजिलै पार लाग्ने समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले महत्वपूर्ण विषयमा अनायासै ठिक निर्णय हुने योग छ । आज घरमा पाहुना आगमन हुनसक्ने देखिन्छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्यबल बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । कसैबाट उपहार मिल्ने योेग छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । सामर्थ्य वृद्धिका साथै रोकिएको काम बन्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान दिलाउने समय छ । घरायसी समस्याले सताए पनि सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र वर्गबाट साथ-सहयोग पाइएला । राम्रै कमाइ हुनाले मन सन्तुष्ट रहनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । खर्च केही बढेपनि नयाँ काम गर्दै हुनुहुन्छ भने उचित समय छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । स्वास्थ्यगत दृष्टिले समय आफ्नो पक्षमा नरहला, विशेष सजगता अपनाउनु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन खासै उपलब्धिपूर्ण नरहला । मन लगाएर कर्म गरेपनि सोचेजस्तो सफलता नमिल्न सक्छ । स्वास्थ्य केही कमजोर रहला, जसले गर्दा नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढेपनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । ब्यवसायबाट भने लाभ होला । व्यापारमा राम्रै धनलाभ होला । आर्थिक पक्ष आज सन्तोषजनक रहनेछ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्