मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कार्यक्षेत्रमा कमीकमजोरी देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। स्वास्थ्य कमजोर रहेको छ भने आहार विहारमा सावधानी राख्नुहोस्। अध्यात्मतिर रुचि बढ्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )नोकरी वा पेशामा समय लागेपनि सोचेको कार्य सम्पादन हुनेछ। मन अशान्त रहनेछ। व्यापार व्यवसायमा आकस्मिक हानि हुने योग छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रामा सफलता हात लाग्नेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )धन लाभका नयाँ अवसर प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )मन उत्साहले भरिपूर्ण रहनेछ। धन र स्वास्थ्य दुवैमा लाभ रहनेछ। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि खर्चमा वृद्धि हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कार्यक्षेत्रमा छिटो फलको आशाले गलत कार्य नगर्नुहोला। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पारिवारिक कारणले मनमा निराशा वा चिन्ता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। कार्यक्षेत्रको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। पायक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा अवसरवादीहरूबाट सावधान रहनुपर्ने हुन्छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )अध्यात्म वा धार्मिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्क बढ्नाले भविष्यमा लाभ मिल्न सक्ला। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर गर्नुहोस् लाभ मिल्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )दिन ऊर्जावान रहनेछ। मौसमी बिमारीबाट आफूलाई बचाउनुहोस्। कार्यक्षेत्रमा नमागी कसैलाई सल्लाह नदिनुहोला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आत्मचिन्तन वा परोपकारको भावनामा प्रवृत्त भइनेछ। सरकारी नोकरीमा कामको जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )कार्यक्षेत्रमा चिताएको कार्य पूर्ण गर्नमा बाधा हुनेछ। नयाँ कार्य प्रारम्भमा गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। प्रशासनिक वा राज्यपक्षबाट मनमा अज्ञात भय रहनेछ। आय सामान्य रहनेछ।
प्रतिक्रिया दिनुहोस्