आज सरकारलाई समर्थन गरेका दलहरूको बैठक बस्दै छ ।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिका बारेम समीक्षा हुनेछ ।
त्यस्तै सरकार सञ्चालन, संसदको हिउँदे अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । यही १८ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्