अखिल (क्रान्तिकारी) को २३औं सम्मेलनका अध्यक्षका तीन उम्मेदवारहरूले यथाशीघ्र विवाद समाधान गरेर मतगणना सुरु गर्न आग्रह गरेका छन्।
अध्यक्षका तीन उम्मेदवारहरू उपदेश यादव, सुदिन पौडेल र हेमन्त राईले मङ्गलबार (आज) बाल्मिकी क्याम्पको मतदान अधिकृतलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन्।
उनीहरूले बाल्मिकी क्याम्पसको मत त्यहीँ गनिनुपर्ने माग गरेका छन्। यसअघि पेरिसडाँडा लान खोजिएपछि विवाद भएको थियो।
यस्तै उनीहरूले रातो मसी कमलद्वारा रेजा लगाइएको मतमात्रै गणना गरिनुपर्ने मागसमेत गरेका छन्। ‘त्यसबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर हुनुपर्छ,’ उनीहरूको माग छ।
यसअघि नै सकिनुपर्ने मतगणना मसी विवादका कारण रोकिएको छ। अध्यक्षका चार उम्मेदवारमध्ये विजयप्रकाश सापकोटा पक्षले भने जुनसुकै मसीले रेजा लगाइएको भएपनि गणना गरिनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्