Ads

स्टन्टबाजीबाट देश चल्दैन, इमानदार प्रयास आवश्यक छ: प्रधानमन्त्री ओली


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टन्टबाजीबाट देश नचल्ने बताएका छन् ।

बुधबार बिहान नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजले संयुक्त रूपमा आयोजना गरेको पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने बताए ।

‘संसदले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकाय त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ,’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू