काठमाडाैं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सकिएको छ।
बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल र निर्णय भएको नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार बैठकले जनताको सरोकारका विषय संसद्मा एकमतका साथ उठाउने निर्णय गरेको छ ।
यसैगरी सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय बैठकले गरेको पाण्डेले जानकारी दिए ।
संसद् अधिवेशन शुरू हुने बेला सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको बैठकले निष्कर्ष निकालेको उनले बताए । भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्