Ads

निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पदबाट निलम्बन फुकुवा गरिदिन पत्र बुझाएका छन् ।

लामिछाने शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनेभएकोले आफ्नो हकमा त्यसो नभएकोले फुकुवा गर्नुपर्ने लामिछानेको माग छ ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए ।

Ads

सम्बन्धित पोष्टहरू