काठमाडौँ । चार दिनदेखि स्थिर रहेकाे सुनको मूल्यमा आज उच्च बृद्धि भएकाे छ । नेपाली बजारमा सुनको मूल्य आज एक हजार नाै सयले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७०० कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैंयाँले बढेर एक हजार ९ सय ३० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्