Ads

२०८१ माघ २३ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन उत्साहजनक रहला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्न सक्छ । स्वास्थ्य सबल रहने र मनोरञ्जनात्मक क्रियाकलापमा संलग्नता बढ्नेछ । व्यापारबाट प्रशस्त फाइदा मिल्ने तथा भौतिक साधन जुट्ने योग छ । आयआर्जन राम्रै हुने देखिन्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अरूका काममा समय बित्नसक्ने देखिन्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ भने अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ, सचेत रहनुहोला । आफन्तजन टाढिन सक्छन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्ने समय छ । तर, बेलैमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा मेहनतअनुसार कमैमात्र लाभ होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन खासै उत्साहजनक नहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ भने ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । चोरी वा ठगीमा परिने सम्भावना रहेकोले विशेष सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । प्रतिष्पर्धीका अघिल्तिर आफू कमजोर भएको अनुभूति हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी वृद्धि भइ परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रतिस्पर्धामा विजयी भइएला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । सामाजिक दायित्व बढ्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । कीर्तिमानी काम गर्ने समय छ तर आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । व्यावसायिक काममा गरेका प्रयत्नहरू सार्थक रहनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । श्रमको उचित मूल्यांकन हुनुका सथै पढाइलेखाइमा प्रगति हुनेछ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यस्तता बढ्नेछ । आर्थिकरूपले सवलता वृद्धिको समय छ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा होला । व्यापारमा बढी नै फाइदा हुने योग छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन केही चुनौतीयुक्त छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला, ध्यान राख्नुहोस् । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले लाभ दिलाउने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन सकनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू