Ads

दुई हजार दुई सयले बढ्याे सुनकाे मूल्य


काठमाडौँ । सुनको मूल्यमा आज पनि उच्च बृद्धि भएकाे छ । नेपाली बजारमा  सुनको मूल्य आज दुई हजार दुई सयले बढेकाे हाे । मंगलबार पनि  एक हजार नाै सयले बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९०० कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैंयाँले बढेर एक हजार ९ सय ७५ मा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू