Ads

वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि


काठमाडौँ,। रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेका छन् । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेको हो ।

करुणा विक ‘फष्ट रनरअप’ भए भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भए ।उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरे । रासस

Ads

सम्बन्धित पोष्टहरू