Ads

त्रिकोणात्मक महिला टी– २० सिरिजमा नेपालको लगातार पाँचौँ हार


काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी- २० आई शृङ्खलामा नेपालले लगातार पाँचाैँ हार व्यहोरेको छ ।

आफ्नो पाँचाैँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू