काठमाडौँ । सुनको मूल्यमा आज पनि उच्च बृद्धि भएकाे छ । नेपाली बजारमा सुनको मूल्य आज एक हजार ६ सयले बढेकाे हाे ।
सुन मंगलबार एक हजार नाै सयले बढेकाे थियाे । यस्तै बुधबार दुई हजार दुई सयले बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैंयाँले बढेर एक हजार ९ सय ८० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्