काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।
राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका ६ अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । सबै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ । आज दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्