काठमाडौँ। सहारा चितवन सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएको छ।
रविका तर्फबाट बिहीबार पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित तीन जनाले बहस गरेका छन्।उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गरेका हुन्।
बहस सकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले आजै आदेश सुनाउने तयारी गरेको छ। सहारा सहकारी ठगीमा मंगलबार रविसहित ३२ जनाविरुद्ध चितवन अदालतमा अभियोग पत्र दायर भएको हो।
आफूविरुद्ध मुद्दा दर्ता भएपछि लामिछाने बुधबार अदालत हाजिर भएका थिए। पहिलो दिन उनको बयान सकेर थुनछेक बहस सुरु गरिएको थियो।
तर, बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।
बिहीबार पुन: अदालतमा उपस्थित गराएपछि सुरुमा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए।
चितवनमा रविलाई सहारा सहकारीकोa रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस्