मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य चाँडै सम्पादन हुनेछ। रचनात्मक कार्यबाट प्रशन्नता मिल्नेछ। धार्मिक यात्रा राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक जरुरत पूर्तिमा धन खर्च हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )अचल सम्पत्तिको क्रय विक्रयको लागि दिन उपयुक्त नहोला। पारिवारिक मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा इष्टमित्रको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफल भइनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आध्यात्म वा आर्थिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विशेष ध्यान राख्नुहोला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )कार्यक्षेत्रमा मेहनत अनुरुप परिणाम नमिल्ला। स्वास्थ्यलाइ लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। अरुलाई ऋण दिनदेखि बच्नुहोस्। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )नोकरी वा पेशामा आफ्नो योजना गुप्त राख्नुहोस्। मशीनरी आदिमा कार्य गर्दा सावधान भएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन हुन गाह्रो हुनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )व्यापारमा वृद्धि हुनेछ। कार्य समयमा सम्पादन गर्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आइरहेका बाधाहरू समाप्त हुनेछन्। कार्यस्थलमा सबैको सल्लाहले कार्य गर्नुहोला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यप्रणालीमा प्रश्न चिन्ह उठाउने छन्। राम्रो सफलताको लागि समय अनुसार चल्नुहोस्। आध्यात्मिक रुचि बढ्नेछ। सन्तानबाट सुख मिल्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )घर र कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो हुनेछ। साझेदारी व्यापारमा आपसी मतभेद हुने सम्भावना रहेको छ। सोशल मिडियाको खबरहरूलाई धेरै चासो नदिनुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोस्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बढ्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यमा जग बसाउने मौका मिल्नेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान मिल्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्