मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): हाँसखेल हुने तथा मनोरञ्जनपूर्ण समय छ, तर केही अप्ठ्यारा परिस्थितिको पनि सामना गर्नुपर्ला । यात्रा व्यवस्थापनमा खर्च र चुनौती बढ्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदा नै मिल्ने देखिन्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । खर्चपनि केही वृद्धि होला । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कर्मबल वृद्धि भइ आर्थिक कार्यमा आकर्षण बढ्नेछ । मनोरञ्जनपूर्ण समय रहेको छ । प्रेमको बन्धन कसिएला । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले विश्वासको माहोल पैदा गर्ने प्रयत्न गर्नु उचित होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्ने शुभदायी समय छ । नचिताएको स्थानबाट धनागमन हुनसक्छ । शरीर फूर्तिलो भएको महसुस होला । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ भने भूमि तथा मातृधनबाट लाभ प्राप्त हुने योग छ । कल्पना र भावनामा केन्दित भइएला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नियमित काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ, तर पारिवारिक वातावरण खासै तपाईंको अनुकूल नरहने देखिन्छ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ला । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । उत्साह र उमङ्गको परिवेश रहनेछ । स्वास्थ्य पनि सबल रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप वृद्धि भएपनि चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा-मामिलामा विजयी भइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभदायी छ । विशिष्टजनको सहयोग तथा ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मिश्रित फलदायी रहला । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । रोकिएका काम सम्पादनका लागि विशेष प्रयत्न गर्नुपर्नेछ । कसैसंग विवाद तथा सामान्य झगडा पनि हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । काममा मातापिताको सहयोग प्राप्त होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही व्यस्तता बढ्नेछ तर दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ भने स्वास्थ्य पनि सबल रहनेछ । व्यावसायिक काममा विशेष फाइदाको योग छ । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथै मित्रजनसँगको सम्बन्ध थप सुमधुर बन्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पढाइलेखाइमा प्रगति र प्रतिभाको कदर हुने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आर्थिक पक्ष सबल छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्