मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सहयोगीहरूले काममा विशेष सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभ समाचार प्राप्ति र आनन्द वृद्धिको समय छ । सानातिना काममै अल्झनु परेपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । समय लागे पनि काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा केही चुनौती सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ नै मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नु उचित होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सोख पूर्तिका लागि केही खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले महत्वपूर्ण अवसर गुम्नसक्ने योग रहेकोले आफूलाई जागृत तुल्याउनु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तत्काल ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्ने हुँदा विवेक एवम् निर्णय क्षमताको उपयोग गर्नु हितकर हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको प्रयत्नमा हुनुहन्छ भने समय उत्तम छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । संघर्षबाट अधिकार स्थापित गर्न सकिएला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीजनले राम्रो साथ दिनेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, तर चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । महत्वपूर्ण कार्ययोजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता र लाभ मिल्नेछ । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारलगायत आर्थिक लाभका कार्यमा सफलता मिल्ने समय छ । आत्मविश्वास वृद्धिका साथै रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउला । अध्ययन-अध्यापनका कार्यमा राम्रै प्रगति हुने योग छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले संयमतापूर्ण बोली र व्यवहारको दरकार छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन व्यावसायिक काममा खर्च केही बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्ला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । अनावश्यक भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्ने देखिन्छ, सजग रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी दिन छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ भने कमजोर मानसिकताले पछि परिने सम्भावना छ । तथापि, हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । नयाँ प्रेम प्रसङ्ग अघि बढ्नसक्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने तथा धन आर्जनको योग छ । मिठो भोजन प्राप्त होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विशष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । धैर्यसाथ निरन्तरको प्रयत्नले योजना सिद्ध हुनसक्छ
प्रतिक्रिया दिनुहोस्