Ads

नेप्से ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम


काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम भएको हो । यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक   बाहेक अरू सबै उपसूचक राताम्मे भए ।

Ads

सम्बन्धित पोष्टहरू