Ads

२०८१ माघ २८ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सहजताका साथ गुजार्ने प्रयत्नका बाबजुद आज केही विपरीतका नतिजा देखापर्न सक्छन् । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्ने योग छ । विलासितामा खर्च बढ्नेछ भने स्वासथ्य पनि खासै सबल नरहला । कर्मचारी वर्गका लागि जोगिएर काम गर्नुपर्ने समय छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी एमव् व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । परिवार तथा साथीभाइको सहयोग अपेक्षा गरेभन्दा बढी नै प्राप्त हुनसक्छ । धनलाभको पनि योग छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग रहेपनि आत्तिइहाल्नुपर्ने छैन । आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्तता बढेपनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा पनि कैही प्रगति नै हुने देखिन्छ । ब्यापारबाट राम्रै धनलाभ हुने दिन परेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तपाईंका कामको प्रशंसा हुनेछ भने परिणाम पनि सकारात्मक हासिल हुनेछन् । पठनपाठनमा उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन महत्वपूर्ण कार्यमा बाधा पर्ने तथा खर्च पनि केही बढ्नसक्ने देखिन्छ । सजगता अपनाइ काम गर्न नसक्दा प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यगत समस्याबाट जोगिन सतर्कतापूर्ण व्यवहारको खाँचो छ । खानपानमा ध्यान दिनु उचित हुनेछ । सामान्य खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त रहला । सामान्य अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनुहोला । चोटपटकको योग रहेकोले हातहतियारको प्रयोग एवम् सवारीसाधन सञ्चालनमा सावधानी अपनाउनु हितकर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय अनुकुल छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषिकर्म तथा पशुधनबाट राम्रै लाभ मिल्नेछ । तर, नकारात्मक प्रवृत्तिका व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । तपईंकै सामान्य कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, ध्यान राख्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभदायी समय छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सचेत रहनुहोला । मान-सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्थायी सम्पत्तिका विषयमा केही विवाद आउनसक्ने समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना होला । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ, सजग रहनुहोस् । परिवारजनमा केही असमझदारी बढ्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्तिको सम्भावना छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द दिलाउला । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । परिवारजनको सहयोग र सुखद समाचारले काममा उत्साह जगाउनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ भने प्रेम र मित्रताको बन्धन कसिएला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् भने स्थायी सम्पत्ति बढाउन सकिने योग छ । टाढाको यात्राबाट धनलाभ होला ।

Ads

सम्बन्धित पोष्टहरू