Ads

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू