Ads

बरालिएको राजनीतिलाई ट्र्याकमा फर्काऔं, देश विकासको एजेण्डामा छलफल गरौं : जनार्दन शर्मा


नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीति बरालिँदा देश विकासको एजेण्डा छायाँमा परेको बताएका छन् ।

चुनाव आउन ३ वर्ष बाँकी रहेको समयमा मिसन ०८४ को कुरा गर्नु जनता ठग्ने कुरा भएको उनको टिप्पणी छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेता शर्माले राजनीतिलाई सही ट्रयाकमा फर्काएर देश विकासको एजेण्डामा छलफल गर्न आग्रह गरेका हुन् ।

‘सरकार ढल्यो ढल्यो या बच्यो भन्ने कुरासँग जनतालाई कुनै चासो छैन, जनताले सरकारबाट कामको परिणाम खोजिरहेका छन्’, शर्माले भने ।

प्रतिपक्षी दलका सांसद शर्माले राष्ट्रिय एजेण्डामा दलहरूबीच सहमति गरेर अगाडि बढ्न प्रस्ताव गरे ।

‘संसद्‌मा एकअर्काकालाई गाली गर्ने भन्दा राष्ट्रिय एजेण्डामा सहमति गरौं, राष्ट्र निर्माणको एजेण्डामा छलफल गरौं । राजनीति बरालिएका कारण देशले सही ट्र्याक लिन सकेको छैन’, शर्माले भने, ‘मिसन ०८४ भनेर जनतालाई झुक्याउने काम नगरौं। मिसन ०८४ भनेको जनता ठग्ने कुरा हो ।’

उनले सरकारले ल्याएका अध्यादेशको कन्टेन्टमा छलफल गर्न आफूहरू तयार रहेको समेत बताए । ‘मीठो पनि कुरा हतारमा खाँदा घाँटीमा अड्किन्छ, अहिले अध्यादेश घाँटीमा राखेको हड्डी जस्तो भयो, निकालौं’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू