Ads

२०८१ माघ ३० गते बुधवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ।

वृष ( इवाविवुवेवो )कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

 मिथुन ( काकिकुकेकोहा )भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )व्यापार व्यवसायमा हजुरले गरेको मेहनतको लाभ अरुले लिन सक्छन्। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू सम्पादन हुनमा बाधा आउनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्।

सिंह ( मामिमुमेमोटाटिटुटे )उद्योग व्यापारमा मनग्य लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला।

 कन्या ( टोपापिपुपेपो )नयाँ कार्य प्रारम्भ गर्दा जानकारको सल्लाह लिनुहोला। रोकिएको योजनामा पुनर्विचार गर्न सक्नुहुनेछ। यात्रा लाभदायी रहनेछ।

 तुला ( रारिरुरेरोतातितुते )साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको व्यवहारले शंका उब्जाउन सक्ला सोचविचार गरेर निर्णय लिनुहोला।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )कार्यक्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले व्यक्तित्वमा निखार आउनेछ। अगाडि पाएको सफलताले कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ।

धनु ( येयोभाभिभुधाफाढाभे )मेहनतको परिणाम प्राप्त गर्न श्रम धेरै गर्नुपर्ला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला नभए समस्या निम्त्याउन सक्नुहुनेछ। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुहुनेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। यात्रा सुखद रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्था नगर्नुहोस्। पेट सम्बन्धी समस्याले सताउन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला।

 मीन ( दिदुदेदोचा, चि ) सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। कार्यक्षेत्रमा मित्रको सहयोग मिल्नेछ।

Ads

सम्बन्धित पोष्टहरू