अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी न्यूज एजेन्सी एसोसिएट प्रेस (एपी) लाई ह्वाइट हाउसमा समाचार संकलनमा रोक लगाएका छन् ।
प्रेस स्वतन्त्रताको वकालत गर्ने अमेरिका आफ्ना शक्तिशाली राष्ट्रपतिले नै त्यस्तो आदेश गरेपछि अप्ठेरोमा परेको छ ।
ट्रम्पले अघिल्लो कार्यकालमा तत्कालीन सीएनएनका पत्रकार जिम एकोष्टाको प्रेसपास रद्ध गराएका थिए । अदालतले राष्ट्रपतिको निर्णय उल्टाइदिएपछि उनको प्रेस पास पुनस्र्थापित भएको थियो ।
हिजो ह्वाइट हाउसमा राष्ट्रपतिले जारी गरेको कार्यकारी निर्देशनमा हस्ताक्षर समारोहमा एपीका सम्वाददातालाई रोक लगाइएको हो । ट्रम्पले जारी गरेको गल्फ अफ अमेरिका भन्ने निर्देशनलाई एपीले पुरानै गल्फ अफ अमेरिका उल्लेख गरेपछि उक्त प्रतिबन्ध लगाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्