काठमाडौं । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ । समूहगत रुपमा हेर्दा विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।
प्रतिक्रिया दिनुहोस्