मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बिस्तारै कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउने छन् भने नसोचेको ठाउबाट धन प्राप्त हुने योग छ । मित्रजनको सहयोग मिल्नेछ, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्य प्राप्त गर्न कठिन तुल्याउन सक्छ । स्वास्थ्यमा पनि केही कमजोरी एवं कामको अवरोले मन खिन्न रहने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोलाा ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने दिन छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर, बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने तथा सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले अत्यन्त सजग भइ काममा अघि बढ्नुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि भएपनि आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने मौका आउला, तर सहयोगीहरूले धोका दिन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हेला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप केही बढ्ने समय छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिएला । गुमेको प्रतिष्ठा तपाईंको लगनशीलताले पुनः फर्काउन सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्नसक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । व्यापारमा भने राम्रै फाइदा हुने योग छ । काम बिग्रने डरले सताउनसक्छ तर परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन सुखद् र शुभदायी देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्