Ads

आज १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’,विश्वभर नै मनाइँदै


काठमाडाैं । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे  विश्वभर नै मनाइँदैछ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ । विशेषगरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् ।

प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । तेस्रो शताब्दीमा रोममा क्लोडियस नामक एक शासक थिए । उनले  भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विराेध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौं अधिकारी र सैनिकको विवाहसमेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनु ।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु को विश्वास गरिन्छ । एजेन्सी

Ads

सम्बन्धित पोष्टहरू