Ads

भौतिक पूर्वाधार क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ: मन्त्री दाहाल


काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाएका छन् ।

मन्त्रालयमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले  ‘छिटो काम गरौं भनेर सरकारले अध्यादेश ल्याएको तर विरोध मात्र भएकाे भन्दै असन्तुष्टि जनाएका हुन् ।

सरकारले सबै कामलाई गति दिन अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाए । ‘छिटो काम गरौं भनेर सरकारले अध्यादेश ल्याएको हो, तर विरोध मात्र भयो,’ मन्त्री दाहालले भने ।

‘हाम्रो मन्त्रालयले केहि काम भएन भनेर एक खालको बहस सुरु भएको छ,’ उनले भने, ‘भौतिक पूर्वाधार क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ । पहिलो सय दिनमा १० वटा र दोस्रो सय दिनमा १२ वटा कामका क्षेत्रको किटान गरिएको थियो । सो कार्यक्रम लक्ष्य उन्मुख रहेको छ ।’

यसबिचमा वर्षात र बाढीको प्रकोपले सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनमा लाग्नु परेकाले लक्ष्य प्राप्तिमा कमी भएको उनको तर्क छ । साथै उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्येबाट २८.१५ प्रतिशत बजेट खर्च भएको बताए ।

मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको थियो ।

साथै यस अवधिमा ४१ वटा पुल निर्माण सम्पन्न भएको उनले बताए । थुप्रै ठुला आयोजनाहरू पनि लक्ष्यअनुरूप निर्माण भइरहेको उनले बताए । यस्तै भावी आयोजनासमेत ल्याएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू