मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्नसक्ने समय छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । तर, गलत व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा नै होला । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइने र शत्रु परास्त हुने योग छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सजग रहनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मिश्रित फलदायी समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । सामाजिक तथा धार्मिक काममा बाधा सृजना हुनसक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ भने काममा आफन्तको सहयोग जुट्न सक्छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भइ मंगलमय काम सम्पादन हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । तथापि, आम्दानी बढ्नाले उत्साह थपिएला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनको सहयोग मिल्नुका साथै सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीयजनसँग फलदायी भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन व्यापार-व्यवसायमा राम्रै फाइदा होला । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त हुनेछ भने भूमिबाट फाइदा मिल्ने देखिन्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई सफलता मिल्ने समय छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । चिताएको काममा ढिलासुस्ती होला । सरकारी निकायबाट कडिकडाउको सिकार भइएला । दण्ड-जरिवानाको पनि सम्भावना रहेकोले विधि-व्यवहारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त एवम् मित्रजनप्रति आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । व्यक्तिगत स्वास्थ्यमा पनि केही बाधा पर्नसक्ने देखिन्छ, सजग रहनुहोला । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप बढेपनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुने देखिन्छ । भौतिक साधनहरू जुट्नेछन् भने नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर मिल्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पठनपाठनमा राम्रो उन्नति हुने समय छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना रहेको छ । तर घर–जग्गासम्बन्धी मामलामा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको परिस्थिति अलिक चुनौतीयुक्त रहने देखिन्छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले दुःख दिन सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । आर्थिक समस्या आइपर्ने तर त्यसको समाधान पनि मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्ने समय छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्