Ads

पुलबाट घोडासहितको रथ खोलामा खस्दा चार जना घाइते


चितवन, । भरतपुर महानगरपालिका–६ सिताराम चोकस्थित डबका घोलमा रहेको पुलबाट घोडासहितको रथ खोलामा खस्दा रथमा सवार चार जना घाइते भएका छन् ।

शनिवार बेलुका ५ः४० बजेको समयमा बुद्धचोकबाट तोरिखेततर्फ जाँदै गरेको बिहेमा प्रयोग हुने घोडासहितको रथ पुलबाट तल खस्दा घोडा सामान्य घाइते भएको र रथमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा भरतपुर–६ बस्ने वर्ष १५ को प्रशान्त सुनार, नवलपुर चोरमारा घर बताउने वर्ष १७ को सुसान्त कुमाल, भरतपुर–४ बस्ने वर्ष ३३ को विनय कँडेल र सोहि ठाउँ बस्ने वर्ष २० को आनन्द महतो रहेका छन् । सुनारको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू