Ads

२०८१ फाल्गुन ५ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुखद् र विषद् दुवै प्रकारका अनुभूति मिल्नसक्ने दिन रहेको छ । तपाईंका कमी-कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । हातमा आइसकेको अवसर गुम्न सक्छ, सजग रहेर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने बस्तु हात लाग्नसक्छ । मेहनत गर्दा केही लाभ मिल्ने र सत्कार्यमा जुट्नाले सुख-सन्तोष प्राप्त हुने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिष्ठित एवम् कीर्तिमानी काम सम्पादन गर्ने अवसर जुर्ने दिन छ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुनुका साथै तपाईंको बुद्धि-विवेकको प्रशंसा होला । सुखद यात्राको सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षा र पराक्रम वृद्धि भइ सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । प्रतिष्पर्धीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन मित्रवर्गबाट लाभ उठाउन सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज कामको राम्रै अवसर प्राप्त भए पनि अवरोध खडा हुनसक्छ । खर्च बढ्ने तथा आर्थिक अभावले केही सताउने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, विपरीतलिंगी तथा हितैषी मित्रहरूले साथ दिनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । आज तपाईंलाई विशेष ओहदावाला वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, अत्यन्त सजग भइ पाइला अघि बढाउनु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मिष्ठान्न भोजन र विशेष उपहार हातलागी हुने योग छ । रसराग तथा मनोरञ्जनात्मक क्रियकलापमा मन रमाउनेछ । पशुधनबाट विशेष फाइदा होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सुखद नै रहला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । विपरीतलिंगीको माध्यमबाट लाभ हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ, दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकोले विशेष सजगताको खाँचो छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि केही सताउन सक्छ । खर्च बढ्ने र आफ्नाबाटै धोका मिल्नसक्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने तथा मिष्ठान्न भोजनको आनन्द प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । तर, आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारमा भने केही लाभ नै मिल्ने देखिन्छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर दिलाउनसक्ने समय छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि आज महत्वपूर्ण कार्यमा अवरोध सिर्जना हुनसक्ने देखिन्छ । यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । पढाइलेखाइमा जाँगर चल्नेछैन ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित कामको चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।

Ads

सम्बन्धित पोष्टहरू