Ads

प्रधानमन्त्री ओली दाङमा


दाङ, । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुग्नुभएको छ । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आएका हुन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा एमाले दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

Ads

सम्बन्धित पोष्टहरू