Ads

चौंरीदेउराली गाउँपालिकाद्वारा बेरोजगार व्यक्तिको तथ्यांक संकलन सुरु


काभ्रे । जिल्लाकाे  चौंरीदेउराली गाउँपालिकाले स्थानीय बेरोजगार व्यक्तिहरूको तथ्यांक संकलन गर्न सूचना जारी गरेको छ।

रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ३ बमोजिम गाउँपालिकाले बेरोजगार व्यक्तिहरूको सूचीकरण गर्न लागेको हो । सूचना अनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आवश्यक कागजातहरूसहित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । आवेदकहरूले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ।

निवेदन दिने व्यक्तिको उमेर १८ देखि ५९ वर्षसम्म हुनुपर्ने र निवेदक वा निजको परिवारको वार्षिक आय न्यूनतम एक लाखभन्दा कम भएको हुनुपर्ने उल्लेख गरिएको छ। साथै निवेदकले आफ्नो परिवारका सदस्यहरूको विवरण, सामाजिक सुरक्षा भत्ता वा अन्य सरकारी कोषबाट सुविधा नपाएको जानकारी पनि उल्लेख गर्नुपर्नेछ।

इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि गाउँपालिकाको वेबसाइट www.chaurideuralimun.gov.np मा हेर्न सक्नेछन् वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी गराइएको छ।

Ads

सम्बन्धित पोष्टहरू