Ads

प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ


काठमाडौँ, ।  हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले मात्र शासन चलाउन पाउने गरी राणाहरूको शासकहरूको क्रम बसाले जसको अन्त्य २००७ सालको जनक्रान्तिले गरेको थियो । त्यसरी एउटा परिवारको हालीमुहालीमा राज्य चलाउने राणा परिवारका विरुद्धमा अन्याय खप्न नसक्ने राणाहरू पनि जनक्रान्तिका पक्षमा लागेको इतिहास भेटिन्छ ।

राणाशासनको विरुद्धमा केही सङ्गठित, केही असङ्गठित प्रयास २००७ सालभन्दा पहिले पनि भएको पाइन्छ, जसको मुख्य आधारका रुपमा १९९७ सालको प्रजापरिषद्को जनविद्रोहको आवाज थियो, जसलाई राणाशासनले कुल्चियो र नेपालका महान् सपूतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाललाई मृत्युदण्ड दिइएको थियो ।

त्यसले तत्कालका लागि त राणा प्रशासनलाई राहत नै भएको थियो होला तर त्यसैको झिल्को र जनचेतनाको लहर नेपाल र भारतमा बसेका नेपालीहरूका माझ यसरी फैलियो कि राणाले कल्पना नै नगरेको विद्रोह भयो, नेपाली जनताहरू आफ्नो नागरिक स्वतन्त्रताका लागि हतियारसम्म उठाउन बाध्य भए, जसका लागि २००३ साल फेरि अर्को कोसेढुङ्गो साबित भयो, जसले नेपालीहरूको प्रजातान्त्रिक हक प्राप्तिका लागि, जन्मसिद्ध नागरिक हक प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि भारत प्रवासमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरियो ।

Ads

सम्बन्धित पोष्टहरू