Ads

२०८१ फाल्गुन ७ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने दिन छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । विशेष कार्यमा दोधारको अवस्था सिर्जना हुनसक्छ । कमी–कमजोरी सुधार गरेर अघि बढ्न अवसर मिल्ला । स्वास्थ्य केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा नियन्त्रणमा राख्नु हितकर होला । नयाँ कामको प्रस्ताव आउनसक्छ, सहयोगीहरू प्रशस्तै भेटिनेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धि भएपनि समय शुभदायी छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुनसक्ने दिन छ । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउनसक्छ, सजग रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या पनि आइर्न सक्छ, सावधान रही नियमित कार्यमा लाग्नुहोला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्नसक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मिश्रित फलदायी रहेको छ । परिवारमा असमझदारी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले समस्या समाधान गर्न सफलता मिल्नेछ । मातृधनको उपयोगबाट केही लाभ उठाउन सकिनेछ । स्वास्थ्य सबल रहनाले उत्साह र उमङ्ग प्राप्त होला । मेहनतले सम्मानित स्थान दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ मिल्ने देखिन्छ, तर ठगीमा पर्न सकिने योग रहेकोले आजको दिन आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ भने आर्थिक पक्ष सुदृढ रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): ब्यस्तता बढेपनि आजको दिन सुखद् एवम् मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । पारिवारिक सुख मिल्नुका साथै बौद्धिक क्षेत्रमा पनि प्रगति हुनेछ । सहयोगीहरूले विशेष साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भवना छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्ने र अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू