Ads

एक लाख ७० हजार नाघ्यो सुनको मूल्य


काठमाडौँ, । स्थानीय बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज)छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि यहीँ २९ माघ मंगलबारका दिन सुन तोलाको एक लाख ७० हजार २०० पुगेको थियो।

Ads

सम्बन्धित पोष्टहरू