काठमाडौं । केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
भारतको ओडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र विद्यार्थी दुर्व्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको हो ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् । यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो । यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।
कलेजले उक्त घटनालाई दुर्भाग्य भएको भन्दै ओडिशा सरकारको ध्यानाकर्षण भएको जनाएको छ। ‘सरकारले गठन गरेको उच्चस्तरीय तथ्य छानबिन समितिको निष्कर्षका आधारमा उनीहरूलाई कानुनी र प्रशासनिक कारबाही गरिनेछ, सूचनामा उल्लेख छ।
केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको छ ।
प्रतिक्रिया दिनुहोस्