Ads

भारत जाँदै देउवा, ग्लोबल समिटलाई सम्बोधन गर्ने


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देउवा प्रयागराजको महाकुम्भ मेलामा सहभागी हुन भारत जान लागेको बताए ।

तर, महाकुम्भ मेलाको अवसर पारेर प्रयागराज पुग्दा देउवाले इण्डिया फाउन्डेसनले आयोजना गर्ने ग्लोबल समिटलाई सम्बोधन समेत गर्ने बताइएको छ ।

उत्तरप्रदेशको महाकुम्भ मेलामा सहभागी भएपछि देउवाले शुक्रबार र शनिबार हुने समिटमा पनि सम्बोधन गर्न लागेका हुन् । सो कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

केही दिन पहिले देउवा पत्नी आरजुले उनको भारत यात्राको बारेमा जानकारी दिएकी थिइन् ।

‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा देउवालाई नेपालका पूर्वप्रधानमन्त्रीको हैसियतमा वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू