Ads

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन


म्याग्दी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ ।सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु। नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ ।

थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन् । बेनी नगरपालिकाका ईञ्जिनियर सुदिप गौतमले रु। २५ लाख बजेट बिनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र रु। ३० लाख ५० हजार बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताए ।

बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको रु। २० लाख १७ हजार सात सय छ र कालिपुल कृषि भवन निर्माणका लागि रु। २६ लाख पचास हजारमा सम्झौता गरेका थिए । संघीय सरकार र बेनी नगरपालिकाको ५०र५० प्रतिशत साझेदारीमा रु।तीन करोड बजेट बिनियोजन भएको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको ईञ्जिनियर गौतमले बताए ।

गत पुष १९ गते रु। दुई करोड नौ लाखमा ठेक्का सम्झौता गरेको विवेक–दुप्चेश्वर–शुभम् जेभीले बेनी नगरपालिका–७ खानेपानी कार्यालय नजिकै सडकको प्रवेशबिन्दु, कुरिलाखर्कको रातो पहिरो, आँपरुखको घुम्ती र नेप्टेचौर स्थित बेनपा–९को वडा कार्यालय देखि गिठिनी हुदै पात्लेखेत तर्फ साँघुरो र अप्ठ्यारो ठाउँमा सुधारको काम अन्तिम चरणमा पुर्‍याएको हो ।

बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको सात वटा वडालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडक बेनी नगरपालिकाको सबै भन्दा ठूलो र धेरै बजेट भएको योजना हो ।

रु। ६२ लाख ६७ हजार आठ सय ३८ मा ठेक्का सम्झौता भएको अर्थुङ्गे–पुलाचौर र रु। ७५ लाख ९७ हजार चार सय ५२ मा ठेक्का सम्झौता भएको महारानीथान–छाप–डाँडाखेत सडकको २०र२० प्रतिशत भौतिक प्रगति भएको छ । रु। एक करोड बजेट बिनियोजन भएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामा गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको ५०र५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो ।

रु। ५९ लाख ८८ हजार एक सय ७० मा ठेक्का सम्झौता भएको रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पुर्वाधार निर्माणको आठ प्रतिशत प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले रु। ४० लाख बिशेष अनुदान उपलब्ध गराएको पशु बधशाला निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

रु।३० लाख बिनियोजन भएको गलेश्वर बजार सौन्दर्यकरण योजनाको ठेक्का सम्झौताको चरणमा रहेको र रु। ७२ लाख बजेट रहेको बेनी–पुलाचौर सडकको लागत अनुमान तयार गरेर ठेक्का आव्हानको प्रक्रीयामा छ ।

रु। २५ लाख बिनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान र संघीय सरकारको रु। ६० लाख बिशेष अनुदान रहेको कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह र मलामी घर बनाउन ठेक्का आव्हानको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताए ।

उनका अनुसार खुल्ला मञ्च खेलमैदानका लागि संघीय सरकारबाट बिनियोजन भएको रु। २० लाख उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रक्रीया अघि बढेको छ । नमूना विद्यालय कार्यक्रम अन्तर्गत बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि बिनियोजन भएको रु। एक करोड बजेट योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको छ ।

१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट बिनियोजन गरेका दुई सय ९९ वटा वडा स्तरीय योजना मध्य आर्थिक वर्षको सात महिनामा एक सय सात वटा सम्पन्न, ८५ वटा सम्झौता हुन बाँकी र एक सय सात वटा कार्यान्वयनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरुका लागि यस वर्ष रु। १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका २१ वटा योजना मध्य चार वटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन् । रु। पाँच लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । सदरमुकामबाट वडा कार्यालय र मुख्य दिएको उनले बताए । रासस

Ads

सम्बन्धित पोष्टहरू