काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ।
संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ। त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराएका हुन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ।
उनले भने‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ। हाम्रो पार्टीको नाम स्वतन्त्र छ। तर, स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो,’ बुर्लाकोटीले भने, ‘चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ। दलीय हिसाबले हुनु हुँदैन।’
आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ।
प्रतिक्रिया दिनुहोस्