चितवन,। नेपालमा भएका २००७ सालदेखि २०६२/६३ साल सम्मका राजनितिक परिवर्तनमा भएको वलिदान र योगदानका वारेमा चर्चा गरिएको छ । ७५ औं प्रजातन्त्र दिवस र ३० औं जनयुद्ध दिवसका अवसरमा नेपाल बुद्धिजीवी संगठन चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको राजनैतिक परिवर्तनमा भएका योगदान र अहिलेको राजनैतिक अवस्थाको वारेमा समिक्षा गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै ३ जना विज्ञले सुझाव दिएका थिए । प्राडा भिमराज अधिकारी, प्राध्यापक अनन्त ढुंगाना, प्राध्यापक दिपक शिवाकोटीले टिप्पणी गरेका थिए ।
माओवादीका केन्द्रीय सदस्य नेता ईश्वरी भट्टराईको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल विशेष अतिथि रहेका थिए । नेकपा माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र पौडेल, अर्थशास्त्रि एवं प्राध्यापक निर्मलकुमार शर्मा, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, प्राध्यापक नारायण रेग्मी लगायतले बोलेका थिए ।
राणा शासनको १०४ वर्षीय लामो निकरकुंशताका विरुद्ध २००७ सालमा भएको भएको राजनैतिक परिवर्तन नेपाली काँग्रेसको शसस्त्र क्रान्तिको बलमा भएको, २०१८ र २०२८ सालमा पनि क्रान्ति गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । २०५२ सालमा सुरु भएको माओवादीको जनयुद्धले संसदवादी दलहरुसंगको सहकार्यले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको उल्लेख गरिएको छ । नेपाल बुद्धिजीवी संगठन चितवनका संयोजक विनोदखण्ड तिमिल्सेनाले कार्यपत्र प्र्रस्तुत गरेका हुन् । कार्यक्रममा संगठनका सचिव गोकर्ण सापकोटाले सहजीकरण गरेका थिए ।
नेपाली काँग्रेसले जहानियाँ राणाशासन फाल्न गरिएको क्रान्ति, निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध २०१८ सालको विद्रोह, २०२८ सालको झापा विद्रोह, २०४२ सालको बमकाण्ड, २०४६ सालको संयुक्त जनआन्दोलन र २०५२ सालको जनयुद्ध र २०६२/६३ को जनआन्दोलन सबै रानितिक रुपान्तरण र वर्गिय मुक्ति आन्दोलनले राजनितिक परिवर्तन ल्याएका हिंसात्मक होईनन भन्ने निश्कर्ष निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्