Ads

२०८१ फागुन ११ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै मनमा पिडाले पनि सताउने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जानेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै धन लाभ पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नँया काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना पनि छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू