Ads

शंकर पोखरेल भन्छन्- सामाजिक सञ्जालमा यस्तै घृणा र आक्रोश रहे जो नेता र जस्तो व्यवस्था आए पनि देश बन्दैन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपतनलाई कसैले रोक्न नसक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘आजभोलि नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपतनलाई कसैले रोक्न सक्तैन ।’

कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादिता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिने उल्लेख गर्दै पोखरेलले समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरू यस्ता कुरामा गम्भीर हुनु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निराशातर्फ मात्र धकेल्छ ।’

Ads

सम्बन्धित पोष्टहरू