मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सामान्य व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिने देखिन्छ । आयआर्जनका नयाँस्रोतहरू थपिनेछन् भने कामको दायित्व पनि बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । मिठो भोजन प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । व्यापार व्यवसायमा प्रगति हुनेछ भने नयाँ उद्योग-धन्दाको थालनी पनि गर्न सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रमभाव वृद्धि भइ दामपत्यसुख बढ्नेछ । ऐश्वर्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम सम्पन्न हुनेछन् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने योग रहेकोले विशेष सजग रही व्यवहार गर्नुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित व्यापार-व्यवसायमा राम्रै फाइदा हुने समय छ । यसका बाबजुद आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विद्यार्थी तथा शिक्षकहरूका लागि भने अनुकूल समय छ । प्रमभाव वृद्धि र सन्तानसुख बढ्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । नाता-कुटुम्बको सहयोग प्राप्त हुने योग छ । व्यापार-व्यवसाय विस्तार हुनेछ भने कृषिकर्म र चौपायाको कारोबारबाट पनि राम्रै लाभ हुने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानसुख मिल्नेछ । पराक्रमका साथै ब्यस्तता वृद्धि हुनेछ । यात्रा सफल रहल ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । आरोग्यबल भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ । मातृधनबाट लाभ मिल्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । सामान्य खर्च पनि बढ्ने देखिन्छ । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । आयआर्जनको कमीले वादविवादको अवस्था निम्त्याउन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समस्याको समाधान भने हुने नै छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विश्वास गरिएका साथीभाइबाट धोका मिल्ने तथा परिवारजनले समेत साथ नदिन सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धर्मकर्म र समाजसेवाका कार्यमा विशेष लगाव बढ्ने समय छ । नयाँ शिप र उपयोगी ज्ञान प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ भने कृषि कर्ममा फाइदा होला । यात्रा उपलब्धीमूलक बन्ने र काममा उत्साह जाग्ने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । परिश्रमको राम्रै मूल्यांकन हुुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्छ । मित्रजनसँग मनमुटाव होला । विश्वास गरेकै व्यक्तिबाट धोका मिल्नसक्ने योग छ, सचेत रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्