मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।
प्रतिक्रिया दिनुहोस्