चितवन,। सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः५१ बजे भूकम्प गएको हो।
भूकम्पको धक्का चितवनसहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो। अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन ।
भुकम्पको केन्द्रविन्दु भएको भोटेकोशी गाउँपालिका ३ का दुगुनागढीका वडाध्यक्ष निमासोना शेर्पाले भुकम्पको धक्कपछि स्थानियहरु घरबाहिर निस्केको बताए । उनले भने, मानविय क्षतिको कुनै सुचना भने आईसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्