Ads

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारको शुभकामना


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकबाट उनले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् ।

ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस् ”, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं ।

सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समातामुलक समाज हाम्रो एकमात्र लक्ष्य हो ।’

Ads

सम्बन्धित पोष्टहरू