Ads

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन


काठमाडौँ,। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उन केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतमा पुग्ने उहाँ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहे । उन अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिए । श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् । रासस

Ads

सम्बन्धित पोष्टहरू