मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । आजको दिन विश्वासपात्रले धोका दिन सक्छन् । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, एकदम सावधानीका साथ कदम चाल्नु हितकर हुनेछ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । एक्लोपनाको अनुभूति होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहला । पारिवारिक समस्याहरू देखापर्ने तथा दैनन्दिन कार्यमा कसैसँग असमझदारी बढ्ने योग छ । जोखिम बढ्नेछ, काममा अरुको भर नपर्नु हितकर हुनेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कन सक्छ । तथापि, ग्रहके प्रभावले परोपकार र मङ्गलमय काम सम्पादन गरिएला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन स्वास्थ्यगत दृष्टिले केही चुनौती रहेपनि व्यवसायिक प्रगति एवम् रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । अतिरिक्त आम्दानीको स्रोत खुल्ने योग छ । सामाजिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुगेपनि समाजसेवा र परोपकारका कार्य गरिएला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । आजको दिन आफन्तजनसँग सजग रही व्यवहार गर्नु हितकर हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन स्वास्थ्य केही कमजोर, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । सोच्दैनसोचेको विषयमा झुटा आरोप आइलाग्न सक्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ब्यस्तता बढेपनि बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने प्रयासमा रहेको व्यक्तिका लागि उचित अवसर जुर्न सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय शुभदायी छ । विश्वासमा पारेर धोका दिनेहरूले अवरोधको प्रयास गरेपनि रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति होला । सोच्ने शक्ति बढ्नेछ । आफन्तको साथ सहयोगले पराक्रम वृद्धि होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान मिल्ने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले महत्वपूर्ण कार्य सहजै सफल हुनेछन् । अनुसन्धानका कार्यमा लागेका व्यक्तिका लागि विशेष उपलब्धिमूलक दिन छ । सहयोगीको राम्रो साथ पाइएला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ, बुद्धि–विवेकको प्रयोग गर्नुहोला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तर, सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । तपाईंको सौम्य व्यवहारका कारण मानसम्मान प्राप्त होला । आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला, तर विभिन्न अवसरले पछ्याउने समय छ । आयआर्जनका स्रोत भेटिनेछ भने व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । कर्मबल बढ्नेछ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्