मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । साझेदारीमा फाइदा हुनेछ । घर-परिवारमा भने सामान्य मनमुटाव हुनसक्छ, सजग रहनुहोला । शक्तिमा अंकुश लाग्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग रहेकोले विशेष सावधानी अपनाइ व्यवहार गर्नुहोला । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । सार्वजनिक समारोहमा मानसम्मान मिल्ला । यात्रागत कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न अवसरले पछ्याउनेछन् । आयआर्जनका स्रोत भेटिनेछन् भने व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने देखिन्छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिएला । यात्रा पनि फलदायी बन्नेछ, जसले काममा उत्साह जागृत गराउला । आजको दिन खर्च भने केही बढ्न सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल वृद्धि भएपनि आजको दिन केही चुनौतीयुक्त रहला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ भने विश्वासपात्रले धोका दिन सक्छन् । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । मातापिताका बारेमा पनि चिन्ता बढ्न सक्छ । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला । विगतका निर्णयले काम बिग्रन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा पनि कमी आउन सक्छ, मानहानी वा अपयशबाट जोगिन व्यवहारमा शालिनता अपनाउनु उचित हुनेछ । आर्थिक अभावले सताउने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परोपकार र मङ्गलमय काम सम्पादन गरिने समय छ । मानसम्मान मिल्नुका साथै मित्रता, प्रेम र दाम्पत्य सम्बन्धमा पनि प्रगाढता आउला । तर्कशक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ भने घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । कतै अतिथिका रूपमा सम्मान मिल्ने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । यात्रागत कार्यमा प्रतिकूलता रहनसक्ने हुँदा आजका लागि थाती राखेकै वेस हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): निकट सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने देखिएपनि बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन आर्जनको अवसर जुट्ला । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता वृद्धि हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने समय छ । घर–जग्गा जोड्ने मौका जुर्ला । निकट साथीभाइबाट धोका मिल्नसक्ने योग रहेकोले विशेष सजगता अपनाइ व्यवहार गर्नुहोला । आफन्तजनले भने राम्रो साथ दिनेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभदायी छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । रोकिएका काम बन्न थाल्नेछन् भने पठनपाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ला । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनलाभको योग छ । व्यापार तथा उद्योगतर्फ फाइदै हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्